
काठमाडौं । नेपालमा मुसलधारे वर्षाका कारण आएको बाढीपहिरोमा परी जनधनको क्षति भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा आइतवार पोस्ट गर्दै मोदीले यस कठिन घडीमा आफूहरू नेपाली जनता र नेपाल सरकारसँग उभिएको बताए ।
मैत्रीपूर्ण छिमेकी र प्रथम सहयोगीका रूपमा भारतले नेपाललाई आवश्यक पर्ने सबै किसिमका सहयोग गर्न प्रतिबद्धता जनाएको पनि मोदीले लेखे ।
शुक्रवार रातिदेखि आइतवारसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरो आएर अहिलेसम्म ४९ जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया