
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जनाएको छ ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको हो । यो प्रणाली बाहिरिएपछि विस्तारै मौसममा सुधार आउन सुरु भएको छ । काठमाडौं उपत्यकामा भने आइतबार बिहानदेखि मौसममा सुधार आएर घाम लागेको छ ।
पोखरेलका अनुसार मौसममा सुधार आएपनि मनसुन बहिर्गमन नभएकाले केहि दिन अझै सतर्क भएर बस्नु देशवासीसँग आग्रह गरेको छ ।








प्रतिक्रिया