
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ वटा स्थानमा अत्यधिक वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार बिहान साढे ४ बजेदेखि आइतबार बिहान साढे ४ बजेसम्म सबैभन्दा बढी रौतहटको महेशपुरमा ३५८ मिलिमिटर पानी परेको छ ।
यस्तै आइतबार बिहानसम्म इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६, इलामकै कन्याम टि स्टेट केन्द्रमा ३१४.२ मिलिमिटर, पर्साको मुडली केन्द्रमा ३२८.६ मिलिमिटर, रौतहटको महेशपुरमा केन्द्रमा ३२८ मिलिमिटर र गौर केन्द्रमा ३१५ मिलिमिटरको हाराहारीमा वर्षा भएको छ ।
विभागका अनुसार देशभरका २९५ वटा वर्षा मापन केन्द्र(मानव सञ्चालित ७९ र स्वचालित २१६) मार्फत गरिएको मापनअनुसार पछिल्लो २४ घण्टामा १८६ वटा केन्द्रमा वर्षा भएको छ । जसअनुसार १०५ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ६८ वटा केन्द्रमा १०० मिलिमिटरभ्नदा बढी, २१ केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र ५ वटा केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
शनिबार जलसतहले खतराको सीमा नाघेको बागमती, त्रिशुली,, पूर्वी राप्ती, लालवकैया, कमला नदीमा बाढी घट्दो क्रममा रहेको विभागले जनाएको छ । यस्तै आइतबार सप्तकोशी, तमोर, सुनकोशी, अरुण नदी, कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिंगलगायतका खोलामा पनि जलसतहले सीमा पार गरेको छ ।








प्रतिक्रिया