
काठमाडौं । अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा सवारी साधन सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका ससना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ ।
अहिले सिन्धुपाल्चोक दोलखा, काभे्रलगायत जिल्लाबाट यो राजमार्ग भएर भित्रने र बाहिरिने गाडीहरु आवतजावत गरिरहेको उनले बताइन् ।
‘सडक मर्मतको टोली उपकरणसहित साइटमै छ । भएका अवरोध खुलाएर दुईतर्फ नै बाटो सञ्चालन गरिएको छ,’ उनले भनिन् ।








प्रतिक्रिया