
काठमाडौं । आन्तरिक वायुसेवालाई शनिबार अवरुद्ध भएको उडानले चाप परेका कारण आइतबारलाई थप उडान दिने भएको छ ।
आन्तरिक वायुसेवाले यात्रुको माग अनुसार थप उडान गर्न चाहेमा अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
उनका अनुसार यात्रुलाई गन्तव्यमा पुग्नु पर्ने बाध्यता र वायुसेवा कम्पनीलाई परेको चापको विषयमा जानकार भएको र सम्बन्धित वायुसेवाले थप उडान माग गरेर दिन सकिने पनि उनले बताए ।
आन्तरिक वायुसेवाका आइबारका लागि दुईतर्फी गरी त्रिभुवन विमानस्थलबाट मात्रै २८० वटा उडान तय भएको छ । यस्तो उडानमा बुद्ध एयरको मात्रै १४६ र यति एयरको मात्रै ६० वटा उडान तय भएका छन् यस्तो उडान शनिबर बुध्दको १४० र यतीको ६२ वटा उडान थियो । हिजो शनिबारको सबै उडान रद्द भएको छ ।







प्रतिक्रिया