
काठमाडौं । शुक्रबारदेखि अविरल वर्षाका कारण नागढुङगा मुग्लिन सडक खण्डमा खसेको पहिरोका कारण अलपत्र परेका सवारी साधनलाई आज मध्यान्हदेखि धादिङतर्फ पठाउन थालिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नरेश सुवेदीका अनुसार नागढुङगा नाकाबाट १२४ वटा सवारी साधनलाई आज मध्यान्ह धादिङतर्फ पठाइएको छ । ति सवारी साधनहरु शनिबार बिहानदेखि नागढुङगा, थानकोट र काठमाडौंस्थित बसपार्कमा होल्डमा राखिएको थियो । उनका अनुसार बाटो खुलेपछि पहिलो चरणमा ति सवारी साधन धादिङमार्फत गन्तव्य जिल्लाका लागि पठाइएको हो ।
उनका अनुसार पहिरोको कारण रोकिएको नारायणगढ- मुग्लिङ सडक खण्डको सवारी आवागमन सञ्चालनमा आएको छ । यस्तै कान्तिलोकपथ र हुमाने – फाखेल सडक खण्डमा पनि सवारी साधन सञ्चालनमा आएका छन् ।
मुख्य राजमार्गहरूमध्ये विपी राजमार्ग, अरनिको राजमार्ग, कोशी, सिद्धिचरण लोकमार्ग, कुलेखानी सडकखण्ड, पासाङल्हामु सडकखण्ड लगायतका मार्गहरु अहिले पनि पूर्णरुपमा अवरुद्ध छन् ।







प्रतिक्रिया