
काठमाडौं । स्थलमार्ग अवरुद्धभएसँगै आकासमार्गबाट यात्रा गर्ने यात्रुको चाप बढेको छ । शुक्रबार रातीदेखि परेको वर्षाका कारण लामो दूरीका सवारी साधान रोकिएका छन भने ठाउँठाउँमा पहिरो र बाढीका कारण विभिन्न २४ वटा प्रमुख राजमार्ग अवरुद्धले आकाशमार्गबाट यात्रा गर्ने यात्रुको चाप वायुसेवा कम्पनीहरुमा देखिएको छ ।
आइतबार आन्तरिक वायुसेवाका १४० वटा उडान तय भएका छन भने यसमध्ये दुईतर्फी गरी त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट मात्रै २८० उडान हुने विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।
उनका अनुसार आइतबार विहानैदेखि उडान भएकोले विमानस्थलमा आउने र जाने यात्रुको चाप सामान्य देखिएको छ । उडान नियमति भएकोले यात्रु रोकिनु परेको छैन् ।
काठमाडौंबाट सबै सहरी क्षेत्रका विमानस्थलमा उडान भइरहेको पनि उनले बताए । आज कुनै पनि क्षेत्रमा उडान प्रभावति वा अवरुद्धको जानकारी नआएको शेर्पाले बताए ।
त्रिभुवन विमानस्थलबाट हुने उडानमा बुध्द एयरको सबैभन्दा बढी उडान हुन्छ । यो वायुसेवाकाे आइतबारको लागि मात्रै ७३ वट उडान तय भएको छ । दुइतर्फी गरेर यो वायुसेवाकाे मात्रै १४६ वटा उडान हुने बुध्द एयरले जानकारी दिएको छ ।







प्रतिक्रिया