
चितवन । वर्षाका कारण अवरुद्ध भएको नारायणघाट–मुग्लिन–पोखरातर्फको सडक अहिले खुला भएको छ ।
पोखरातर्फ भने यातायात सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त सडक खण्ड खुला भएपनि मनसुन सक्रिय रहेकाले उक्त सडकखण्डमा जतिबेला पनि पुनः अवरोध हुनसक्ने भन्दै सावधानी अपनाउन सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको छ।
उता नारायणघाट–मुग्लिन सडकखण्डमा काठमाडौँतर्फ सवारी आवागमन अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार मुग्लिन–धादिङतर्फको जबाङ खोलामा गएको पहिरोका कारण अवरुद्ध भएको काठमाडौं जाने सडक अहिले सुचारु भएको छ । पहिरो पन्छाइए पछि बाटो सुचारु भएको हो ।







प्रतिक्रिया