
काठमाडौं । सडक डिभिजन कार्यालय भरतपुरले बुधबार अपराह्नदेखि अविरल वर्षा भएकाले सडकको बारेमा जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
उक्त कार्यालयले चाडपर्वको समयमा वर्षा भएकाले यात्रा गर्दा सम्बन्धित निकायबाट सडकको अवस्थाबारे बुझेर मात्रै सावधानीपूर्वक सुरक्षित यात्रा गर्न आग्रह गरेको हो ।
अहिलेसम्म मुग्लिन -नारायणगढ, मुग्लिन- काठमाडौं, मुग्लिन -पोखरा, नारायणगढ- बुटवल, बुटवल- पोखरा, नारायणगढ -हेटौंडा र धार्के -सितापाइला सडक खण्डको अवस्था राम्रो रहेको उक्त कार्यालयले जनाएको छ ।







प्रतिक्रिया