
एजेन्सी । अयोध्यामा रावण, मेघनाथ र कुम्भकर्णका पुत्ला जलाउन प्रतिबन्ध लगाइएको छ । यसको पछाडि प्रहरीले सुरक्षा कारण देखाएको छ ।
आयोजकका अनुसार, मध्य प्रदेश, राजस्थान र अन्य राज्यका कारीगरहरूले रावणको २४० फिट अग्लो, मेघनाद र कुम्भकर्णका १९० फिट अग्ला पुत्ला तयार गरेका थिए ।
प्रशासनले सुरक्षा दृष्टिले दशैंको दिन यी पुत्ला जलाउन रोक लगाएको हो । यो कार्यक्रम अयोध्याको ‘फिल्म कलाकार रामलीला समिति’ले आयोजना गर्न लागेको थियो ।
अयोध्याका सर्कल अफिसर (सीओ) देवेश चतुर्वेदीले भने, “सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै यो प्रतिबन्ध लगाइएको हो ।” उनले आयोजन समितिले अझै अनुमति नलिएको बताए । प्रहरी गस्तीको क्रममा पुत्ला निर्माण भइरहेको देखिएपछि कारबाही गरिएको हो ।
चतुर्वेदीले फिल्म कलाकार रामलीला समितिको रावण दहन कार्यक्रम परम्परागत नभएको बताए ।
त्यसैगरी, फिल्म कलाकार रामलीला समितिका संस्थापक अध्यक्ष सुभाष मलिकले भने, “मध्य प्रदेश, राजस्थान र अन्य राज्यका कारीगरहरूले रावण र अन्य पुत्ला तयार गरिसकेका थिए । तर दहन हुनु तीन दिनअघि नै प्रतिबन्ध लगाइयो ।”







प्रतिक्रिया