
काठमाडौं । मुग्लिङ नारायणगढ सडकको तुइन खोला पुल नजिकै सोमबार बिहान खसेको पहिरो पन्छाएर साँझ ६ बजेदेखि सवारी साधन सुचारु गरिएको छ ।
केहिदिन अघि खसेकै स्थानमा फेरी सोमबार बिहान ११।२५ बजे पहिरो खसेको थियो । सडक विभागको प्राविधिक टोली उक्त स्थानमा खसेको पहिरो पन्छाएर अवागमन सुचारु गराएको हो ।
सोमबार उक्त सडक खण्डमा पटक पटक गरी तीन पटक पहिरो खसेको थियो । जसले हिजो दिनभर दुईतर्फी सवारी साधन ओहोर दोहोर गर्न पाएको थिएन ।







प्रतिक्रिया