आरजुको बुबाआमाको घरमा पनि छापा

1.2k
Shares

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ससुराली घरमा समेत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ ।

पूर्वपरराष्ट्र मन्त्री आरजु देउवा राणाका भाइ भूषण राणा र उनका बुवाआमा बसोबास गर्ने जावलाखेलस्थित छुट्टाछुट्टै दुई घरमा प्रहरीले एकैपटक छापा मारेको हो ।

छापा मार्ने बेलामा भूषण घरमा उपस्थित थिएनन् भने उनका बुवाआमा भने घरमै रहेको स्रोतको दाबी छ ।

ललितपुर महानगरपालिका–४ मा पर्ने ती घरमा प्रहरीको टोलीले शंकास्पद नगद वा कागजात रहेको जानकारीका आधारमा खानतलासी गरेको हो।

तर, तलासीका क्रममा कुनै पनि शंकास्पद वस्तु भने फेला नपरेको उनको भनाइ छ ।

छापा मार्ने प्रक्रिया वडाध्यक्षसहित स्थानीय प्रतिनिधिको रोहवरमा सम्पन्न गरिएको र मुचुल्का समेत उठाइएको स्रोतको भनाइ छ।