
काठमाडौं । सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानविन सुरू गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको क्रममा आगजनीमा परेका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुको घरमा नगद रकम जलेको भेटिएको थियो । प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पारे ।
‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका बारेमा छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । तसर्थ यसको निष्पक्ष छानविन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ,’ उनले भनिन्, ‘प्रदर्शनको क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वभाविक रुपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायहरुले छानविनको प्रक्रिया सुरु गरिसकेको छ ।’
उनले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा परेको संरचना पुर्ननिर्माणको कार्य समेत अघि बढिसकेको उल्लेख गरिन् ।







प्रतिक्रिया