५८ अंकले बढ्दै २६८२ बिन्दुमा नेप्से, २३८ कम्पनीको सेयर मूल्य बढ्यो

7
Shares

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा कायम भएको थियो । त्यसअघि, गत साताको बिहीबार भने नेप्से नकारात्मक सर्किट ब्रेक लागेर बन्द हुँदा १६० अंकले खुम्चिएको थियो ।

मंगलबार नेप्सेमा कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भने ९ अर्ब माथिको सेयर खरिदबिक्री भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको भने घटेको छ ।

Skip This