हिप्पी स्टे: भिडियोमार्फत होमस्टे बुकिङ गर्न सकिने नयाँ डिजिटल प्लेटफर्म सुरू

56
Shares

काठमाडौं । हिप्पी शैली सम्झाउने गरी स्टेकेसनका उपलब्ध गराउने डिजिटल प्लेटफर्म सुरू भएको छ ।

प्रकृतिप्रेमीहरूको लागि उपयुक्त हुने गरी ‘हिप्पी स्टे’का लागि भिडियो आधारित बुकिङ साइट सुरू भएको हो ।

यो वेबसाइटमा देशका विभिन्न स्थानमा रहेका होमस्टेहरूका वास्तविक भिडियोहरू हेरेर मनपरेजस्तो स्थान सजिलै छनोट गर्न सक्नेछन् ।

काठमाडौं उपत्यका, पोखरा, चितवन, इलाम लगायतका ७० भन्दा बढी स्थानका स्थानीय व्यवसायहरू यसमा समेटिएका छन् ।

वेबसाइटको सफ्ट लन्चको अवसरमा १०० जनालाई निःशुल्क बस्ने र खाने मौका समेत यसले ल्याउँदैछ । त्यसका लागि गिभअवे राखिएको हिप्पी स्टेका प्रतिनिधिहरु बताउँछन् ।

यो पोर्टलले हालसम्म १५,३१७ बढी प्रयोगकर्तालाई सेवा दिइसकेको बताइएको छ ।