मन्त्रालयले तयार गरेको निर्णयमा मन्त्री खरेलले सही गर्न मानेनन्, अर्को तयार गर्दै कर्मचारी

7.8k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीले तयार पारेको पहिलो निर्णयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले परिमार्जन गर्न लगाएका छन् ।

सोमबार शीतल निवासमा सपथपछि सञ्चार मन्त्रालयमा पदवहाली गर्ने क्रममा गर्न लागिएको पहिलो निर्णयलाई उनले मिलाएर ल्याउन र आफूले दिएको सुझावसमेत समावेश गरेर ल्याउन सञ्चार सचिव राधिका अर्याललाई निदेशन दिए ।

मन्त्री खरेलले सचिवले उक्त प्रस्ताव तयार गरेर ल्याउँदै गरेकोले सञ्चारकर्मीलाई भने धेर्य गर्न आग्रहससहित एकछिन आराम गर्न आग्रह गरे ।