
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका महावीर पुनले आफू मन्त्री बन्ने इच्छुक नरहेको तर परिस्थितिले बाध्य तुल्याएको बताएका छन् ।
सपथ ग्रहणपछि शीतलनिवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले व्यवहारिक अनुसन्धानलाई आफ्नो प्रमुख प्राथमिकता हुने उल्लेख गरे ।
विज्ञानसँगै शिक्षाको जिम्मेवारी पनि आफूले वहन गर्नुपर्ने भएकाले कुन–कुन विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारे तत्काल निर्णय नगर्ने बताएका छन् ।
उनले असल मानिसको सुझाव मात्र ग्रहण गर्ने बताए । साथै, युवाहरूलाई कुनै पनि काम गर्दा अरूलाई मात्र पछ्याएर वा कसैको पुच्छर बनेर होइन, आफ्नै बुद्धि र सोच प्रयोग गरेर अघि बढ्नुपर्ने सन्देश समेत उनले दिए।








प्रतिक्रिया