
काठमाडौं । सेयर लगानीकर्ताले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी पुँजी बजार सुधारसम्बन्धी सुझाव बुझाएका छन् ।
सेयर लगानीकर्ताहरुले अर्थमन्त्री खनाललाई बधाई तथा शुभकामना व्यक्त गर्दै पुँजी बजार सुधारका विभिन्न सुझावहरु प्रदान गरेका हुन् ।
उनीहरुले नेपाली पुँजी बजारमा गैर आवासीय नेपाली नागरिकलाई भित्र्याउने कार्यमा जोड दिन अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड सेबोनलाई स्वायत्त बनाउँदै नियमनमा सक्षम बनाउनेगरी काम गर्नसक्ने बनाउन आवश्यक रहेको धारणा लगानीकर्ताले राखेका छन् ।












प्रतिक्रिया