
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएको सम्पत्तिको पुननिर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
आन्दोलनका क्रममा प्रभावित उद्योग, व्यापारिक प्रतिष्ठान, व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सुचारु गर्नका लागि नेपाल राष्ट्र बैंक र बीमा कम्पनीहरूले विभिन्न किसिमका राहतका सुविधाका कार्यक्रमहरु सुरु गर्ने निर्णय बैठकले गरेको छ ।
बीमाबाट अग्रिम रूपमा क्षतिको ५० प्रतिशतसम्म अग्रिम रूपमा बीमा कम्पनी दिनुपर्ने गरी बीमा प्राधिकरणले व्यवस्था गर्नुपर्ने निर्णय बैठकले गरेको छ।







प्रतिक्रिया