
काठमाडौं । चाडवाडको मुखमा देशभरका ७ वटा महत्वपूर्ण राजमार्गहरु अवरुद्ध भएका छन् । पानी परेका कारण बाढी पहिराले गर्दा ति सडक खण्डहरु अवरुद्ध भएका हुन् ।
नेपाल प्रहरीका अनुसार संखुवासभा जिल्लामा भोटखोला गाउँपालिका ४ बरुण र मकालु गाउँपालिका ३ स्थित एकुवामा सडक पूर्ण रुपमा अवरुद्ध छन् । यस्तै रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका २, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ कोदारी र चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलास्थित सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।
यस्तै म्याग्दीको बेनी नगरपालिका ४ स्थित घुमाउरो भिर र जाजरकोटको नलगाड ११ भिरकुनामा पनि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।







प्रतिक्रिया