नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन

56
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबारबाट अन्तिम १५ मिनेटको औषत गणना विधिलाई स्थगित गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले सो विधि स्थगित गर्न पत्र पठाएसँगै नेप्सेले उक्त गणना विधि स्थगित गर्न लागेको हो ।

लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए ।

त्यसपछि, नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो । जसअनुसार, आइतबारबाट उक्त गणना विधि स्थगित गरिएको हो ।