
काठमाडौं । नेकपा एमालेका नेताहरू कांग्रेस पार्टी कार्यालय पुगेका छन् । शुक्रबार मध्याह्न एमाले नेताहरु कांग्रेस पार्टी कार्यालयमा पुगेका हुन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल लगायतका नेताहरुले जेनजी आन्दोलनका क्रममा आगजनी तोडफोड भएको कांग्रेस पार्टी कार्यालयमा पुगेर निरीक्षण गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा कांग्रेससहित नेकपा एमालेको पनि पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले एमाले पार्टी कार्यालयको पनि यसअघि निरीक्षण गरेको थियो ।




















प्रतिक्रिया