जलेको प्रधानमन्त्री कार्यालयलाई नभत्काइने, धरहरा मोडलमा सिसाले घेरेर संग्रहालय बनाउने

4.3k
Shares

काठमाडौं । जेनजी आन्दोलनका कारण जलेको प्रधानमनत्री कार्यालय नभत्काइने भएको छ । सरकारले प्रधानमन्त्री कार्यालयलाई जलेको अवस्थामै राख्ने र त्यसलाई धरहरा मोडलमा संग्राहालय बनाइने अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् ।

उनले भने ‘प्रधानमन्त्री कार्यालय पूरै जलेको छैन, अगाडिको भवन मात्रै जलेको छ । त्यसमध्ये अगाडिको जलेको एक भागलाई धरहराजस्तै संग्राहालयको रुपमा राखिने भएको छ ।’

जेनजी आन्दोलका कारण सिंहदबार जलेको थियो र भोलिका दिनमा पनि खराब काम नहोस् भन्ने सांकेतिक प्रतिकको रुपमा प्रधानमन्त्री कार्यालयको जलेको भागलाई राखिने भएको छ ।’

रोममा जस्तै नेपालमा पनि सांकेतिक रुपमा जलेको भवनलाई देखाउन खोजिएको पनि अर्थमन्त्री खनालको भनाइ छ ।

सिंहदरबार भित्रका अरु भवन भने हाललाई बाहिरबाट रंग गर्ने र पुनरनिर्माण हुने भएको छ । तत्कालै के कति क्षति भएको छ ? कति प्रयोग गर्न सकिने छ त्यसको मूल्यांकन गरिने छ भने अस्थायी रुपमा काम सुरु गर्दै गरिने भएको छ ।