प्रधानमन्त्री कार्कीले मोदीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत पुगे सिंहदरबार

700
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गरेलगत्तै नेपालका लागि चीनका राजदूत छन सोङ सिंहदरबार पुगेका छन् ।

उनले प्रधानमन्त्री सुशीला कार्कीसँग सौहार्द्रपूर्ण कुराकानी भएको जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा भेटघाटको तस्बिर सार्वजनिक गर्दै राजदूत छनले प्रधानमन्त्री कार्कीलाई न्यानो बधाई र समर्थन व्यक्त गरेको लेखे । आफूहरूले विचार आदानप्रदान गरेको र दुई देशबीचको मित्रता तथा सहकार्यलाई थप प्रवर्धन गर्नका लागि सहमति जनाएको पनि उनले उल्लेख गरेका छन् ।