
काठमाडौं । नेपाल ल्यूब आयलको बोनस सेयर घोषणा भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले बोनस सेयरको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने र १ः२ अनुपातको हकप्रद सेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने जनाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
यस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।








प्रतिक्रिया