पहिरो खस्दा अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सुचारु

63
Shares

काठमाडौं। मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलानजिक पहिरोले अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।

मंगलबार साँझ करिब ९ बजे पहिरो खस्दा दुवै तर्फको सवारी आवागमन अवरुद्ध सडक मंगलबार रातिदेखि नै एकतर्फी सुचारु गरिएको सडक डिभिजन भरतपुरले जनाएको हो ।

कार्यालयले रातको समयमा झर्ने ढुङ्गा वा पहिरो नदेखिने सम्भावित दुर्घटना निम्त्याउन सक्ने भएकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई यात्रा नगर्न आग्रह गरेको छ। साथै रोकिएका सवारीसाधनका चालक र यात्रुलाई सुरक्षित स्थानमा जान समेत अनुरोध गरेको छ ।