
काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले पूर्व उर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
मंगलबार घिसिङले प्राधिकरणमा रहेको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
‘ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवं नेपाल विद्युत प्राधिकरण, सञ्चालक समितिका अध्यक्षज्यूको प्रयोजनमा रहेको कार्यकक्ष आवश्यक नभएको हुँदा तहाँ प्राधिकरणले प्रयोग गर्नुहुन भदौ ३१ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले जारी गरिएको पत्रमा भनिएको छ ।









प्रतिक्रिया