जेनजी प्रदर्शनमा कति क्षति भयो सडक विभागमा

266
Shares

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा सडक विभागमा भएको तोडफोड र आगजनीका कारण करौंडौं रुपैयाँबराबरको क्षति भएको छ ।।

जेनजी प्रदर्शनको क्रममा भदौं २४ गते घुसपैठ गरेका विभिन्न समूहले नवनिर्मित विभागको भौतिक संरचनामाथि तोडफोड गर्दै आगजनी गरेका थिए । प्रदर्शनकारीहरुले सवारी साधन, विभिन्न प्रकारका उपकरण, कम्प्युटर तोडफोडसमेत गरेका थिए । विभागबाट विभिन्न कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायतका सामान समेत लुटिएका छन् ।

भुकम्पबाट क्षतिग्रस्त बनेको उक्त भवनको पुर्ननिर्माण गरेर गत वर्ष मात्रै विभाग ववरमहल भवनबाट आफ्नो काम सुरु गरेको थियो ।

विभागमा उपमहानिर्देशक प्रभात झाका अनुसार प्रर्दशनीकारीले विभागको महानिर्देशक बस्ने कार्यकक्ष, पुल महाशाखा र अन्तर्गतका शाखा , वैदेशिक सहायता समन्वय महाशाखा र अन्तर्गतका शाखाहरु, यान्त्रिक महाशाखा र अन्तर्गतका शाखाहरु, सम्भार महाशाखा र अन्तर्गतका शाखाहरु , प्रशासन शाखा, उत्तर-दक्षीण तथा व्यापारिक मार्ग विस्तार आयोजना र अन्तर्गतका शाखाहरु र आर्थिक प्रशासन शाखामा तोडफोड र आगजनी गरी पूर्ण रुपमा क्षति पुर्याएका छन् ।

पुष्पलाल(मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, नागढुङ्गा सुरुङ्गमार्ग आयोजना, हुलाकी राजमार्ग योजना निर्देशनालय र अन्तर्गतका शाखाहरु, कानुन तथा विवाद व्यव्स्थापन शाखा र सडक सुधार तथा विकास योजना कार्यालयमा आंशिक क्षती भएको छ ।

विभागमा रहेका ७५ देखि ८० वटा दुई पांग्रे, ६५ देखि ७० चार पांग्रे सवारी साधन पूर्ण रुपमा क्षती भएको छ ।

सडक विभाग मातहतका कार्यालयमा दुई पांग्रे करिव करिब १२ वटा, चार पांग्रे करिव ३० वटा पूर्ण रुपमा क्षती भएको देखिन्छ ।

सडक विभाग मातहतका कार्यालयतर्फ सडक डिभिजन भक्तपुर, दाङ, चंद्र्पुर, महेन्द्रनगर (धनगडी साइट) , हुलाकी आयोजना (धनगडी साइट) पूर्ण रुपमा क्षती भएको देखिन्छ ।

विभागले क्षतिग्रस्त भएको भवनको सरसफाई गरी केहि महाशाखा राखेर काम गर्न सुरु गरेको छ । केहि महाशाखाले चाकुपाटबाट सोमबारदेखि काम सुरु गरेको छ ।