पर्यटनका संघसंस्थाहरुको बैठक बस्दै, पर्यटनमा पुगेको क्षतिको आकलन गरिने

91
Shares

काठमाडौं । पर्यटनका संघ संस्थाहरूसहित सरोकारवालाको बैठक बस्दै छ । पर्यटन सचिव हरिप्रसाद मैनालीले बोलाएको बैठकमा पर्यटनका सबैजसो संघ संस्थाका अध्यक्षसहितका सम्बन्धित सरोकारवालालाई बोलाईएको छ ।

बैठकमा जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा परेको क्षति, पर्यटकको अवस्था, पर्यटकीय गन्तव्य र पर्यटनको आगामी योजनाका विषयमा छलफल हुँदै छ ।

नेपालमा जेनजी आन्दोलनका कारण पर्यटनमा परेको प्रभाव र भौतिक क्षतिको विषयमा छलफल हुने भएको छ । यसका साथै नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रलाई पुनरुस्थान गर्न तत्कालिन, अल्पकालीन र दीर्घकालिन योजना पेश हुने भएको छ ।