
काठमाडौं । आफूलाई जेनजी समूहको नेतृत्वकर्ता बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरे ।
पत्रकार सम्मेलनमा उनले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण प्रस्तुत गर्दै माग पूरा नभए वर्तमान सरकार पनि ढाल्ने चेतावनी दिए।
यही क्रममा पत्रकारहरूले सोधेका प्रश्नमा गुरुङ उत्तेजित बने र धम्कीपूर्ण भाषा प्रयोग गरेपछि वातावरण तनावग्रस्त बनेको थियो । पत्रकारहरूमाथि धम्की आएपछि उनीहरू पनि प्रतिकृयासहित गुरुङमाथि खनिए, जसले गर्दा दुबै पक्षबीच धकेलाधकेलसम्म भयो।
फलस्वरूप पत्रकार सम्मेलन कक्ष नै केही समय तनावग्रस्त बनेको थियो भने बाहिर कुटाकुटसमेत भएको थियो ।








प्रतिक्रिया