काठमाडौं जिल्ला अदालत अनिश्चितकालका लागि बन्द

560
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालत अनिश्चितकालका लागि बन्द भएको छ । भदौ २४ गते जेनजी आन्दोलनका कारण अदालतमा रहेका सम्पूर्ण मुद्दाका मिसिल, इजलास तथा फाँट जलेर नष्ट भएको हुँदा तत्कालै सेवा दिन नसकिने अदालतले आइतबार एक सूचना जारी गरेर जानकारी दिएको छ ।

जिल्ला अदालत काठमाडौंका अनुसार अदालतबाट प्रवाह हुने सेवा तत्काल दिन नसकिने भएकोले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ ।

काठमाडौं जिल्ला अदालतका सबै स्थगित गर्दा सम्बन्धित सरोकारवाला तथा सेवाग्राहीमा पर्ने गउको असुविधाको लागि पनि दुःख व्यक्त गरेको छ ।