
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा रहेका १२ वटा स्टोर लुटपाटपछि भएको आगजनीले पूर्णरुपमा ध्वस्त भएपनि र ९ वटा स्टोरमा लुटपाट र तोडफोडपछि पनि भाटभानीका सञ्चालक मिनबहादुर गुरुङले हरेस खाएका छैनन् ।
शुक्रबार सामाजिक सञ्जालमा सन्देश दिँदै भाटभाटेनीले लेखेको छ- ‘विनाशले हाम्रो परिवारलाई ठूलो आघात पुर्याएको छ तर हाम्रो उठ्ने संकल्प अझ मजबुत बनेको छ। तिमीहरूको हरेक शब्द, हरेक सहयोगी हातले हामीलाई अगाडि बढ्ने ऊर्जा दिएको छ। भाटभटेनी पुनः उभिनेछ, र तिमीहरूको साथमा हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं, आज पसल ध्वस्त भए पनि आशा हराएको छैन, तपाइँहरुको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं ।’
लुटपाट, तोडफोड र आगजनीबाट भाटभाटेनीलाई अर्बौंको क्षति पुगेको छ । हजारौंले रोजगारी गुमाएका छन् ।
भाटभाटेनीले ग्राहक र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै भविष्यलाई अझ उज्ज्वल बनाउन प्रतिबद्धता जनाएको छ। ग्राहक र शुभेच्छुकहरूको समर्थन नै आफ्ना लागि ठूलो शक्ति बनेको उल्लेख गरेको छ। कम्पनीले आफ्नो सम्पूर्ण स्टोरमा भएको क्षति उल्लेख गर्दै अब पुनर्निर्माणको बाटोमा लाग्ने स्पष्ट संकेत गरेको छ।
यसअघि राजजाबादीको आन्दोलनमा पनि भाटभाटेनीमा लुटपाट मच्चाइएको थियो ।







प्रतिक्रिया