रवि लामिछानेसहित सबै कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको सूचना

11.1k
Shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको विभिन्न कार्यालय, इकाई र कारागारबाट भागेका र निस्केका कैदीबन्दीलाई तत्काल सुरक्षा निकायको सम्पर्कमा आउन आग्रह गरेको छ ।

जेनजीको प्रदर्शनका कारण नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाई तथा कारागार कार्यालयमा भएको तोडफोड र आगजनीपश्चात् अनुसन्धानको क्रममा हिरासतमा रहेका अभियुक्तहरु र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीवन्दीहरु भागेका र निस्केका थिए ।

प्रहरी प्रधान कार्यालयले भागेका र निस्केका अभियुक्त तथा कैदीबन्दीहरुलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयमा तत्कालै सम्पर्कमा आउन अनुरोध गरेको छ ।

काठमाडौको नख्खु कारागारबाट रास्वपाका सभापति रवी लामिछाने पनि बाहिरिएका थिए । यो सूचनाअनुसार उनी पनि तत्कालै सुरक्षा निकायको सम्पकर्ममा जानुपर्नेछ ।