सर्वोच्च अदालत आइतबारदेखि नियमित सुनुवाई गर्ने

91
Shares

काठमाडौं । सर्वोच्च अदालतले आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दता र नियमित सुनुवाई गर्ने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले जारी गरेको बिज्ञप्तीमा जेनजी प्रदर्शनको क्रममा नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु नष्ट भएको उल्लेख छ ।

नेपालको संविधिानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वाह गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुष्ण हकप्रति सम्मान गर्दै यथाशीघ्र अदालतहरु सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै आगामी आइतबारदेखि सर्वोच्च अदालत सञ्चालनमा आउने बिज्ञप्तीमा उल्लेख छ ।