
काठमाडौं । नेपालमा जेन्जीको आन्दोलन हिंसात्मक भएर ३१ जनाको ज्यान गएपछि शान्तिबहालीको प्रार्थना गर्दै भारतीय कलाकारले कलाकृति तयार पारेका छन् ।
भारतको उडिसाका प्रख्यात कलाकार सुदर्शन पटनायकले जगन्नाथ पुरीस्थित समुद्र किनारमा अंग्रेजीमा प्रेइङ फर पिस नेपाल लेखिएको कलाकृति बनाएका हुन् । बुधवार उनले बनाएको त्यो कलाकृतिको भिडियो समाचार संस्था एएनआईले बिहीवार सार्वजनिक गरेको हो ।
कलाकृतिमा बानेश्वरस्थित संसद् भवन जलिरहेको देख्न सकिन्छ । नेपालको झण्डा पनि बनेको हो ।
#WATCH | Odisha: Renowned sand artist Sudarsan Pattnaik created a sand art yesterday at the Puri Beach, praying for peace in Nepal. pic.twitter.com/IS9CShPam0
— ANI (@ANI) September 11, 2025







प्रतिक्रिया