
काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले जेनजीलाई संविधानभित्रैबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
विहीबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै थापाले भने ‘भोलि देश चलाउने तपाई जेनजीहरुले नै हो । अब बनाएको सरकारले समस्याको निकास देओस् हामी पछाडि बसेर साथ दिन तयार छौं ।’
थापाले संविधानभित्रैबाट समस्याको समाधान खोजको अवस्थामा भोलिका दिनमा सहज हुने भन्दै जेनजीलाई आग्रह गरेका छन् ।
नयाँ बन्ने सरकारले शक्तिशाली आयोग बनाएर गल्ती गर्नेलाई छानविन गरेर कारवाही गर्ने अवस्था बनाउनुपर्ने पनि उनले बताए ।
जेनजीको भावना अनुसार सरकार बनाउनु ठीक हो तर २०६२/६३ को जनआन्दोलनबाट बनाएको संविधान सबै पक्षलाई समेटेर बनाएको संविधान हो । संविधानको निरन्तरताको बारेमा ध्यान दिनुपर्छ । संविधानमै टेकेर नयाँ सरकार बनाउनुपर्ने धारणा पनि उनले दिएका छन् ।







प्रतिक्रिया