
काठमाडौं । मंगलबार दिउसोदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएकाे छ । विमानस्थल खुला भएसँगै बुधबार साँझदेखि उडान सञ्चालनमा आउन सक्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शोर्पाका अनुसार हिजोदेखि बन्द विमानस्थल खुलेकाे छ ।
अब अन्तर्राष्ट्रिय वायुसेवाले नेपाल उडान गर्ने भएका छन भने नेपालबाट बाहिरिने उडानकाे लागि भने सम्बन्धित वायुसेवाले गर्ने समन्वयबाट हुने पनि उनले बताए ।
आन्तरिक उडान भने भोलि बिहानदेखि मात्रै हुने भएको छ । आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुध्द एयरको सबै आन्तरिक उडान विहीबार विहानदेखि मात्रै सञ्चालनमा आउने जानकारी दिएको छ ।








प्रतिक्रिया