
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मको लागि विमानस्थल बन्द रहने जानकारी दिएको हो ।
उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने देखिएकोले विमानस्थल बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बाहिर बन्द रहेको अवस्थामा विमानस्थलमा नआउन पनि आग्रह गरेको छ । विमानस्थल खुलेको सूचना पाए पश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थल आउन कार्यलयले अनुरोध गरेको छ ।
विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँ लगायतले विमानको सुरक्षामा गम्भिर असर पर्नसक्ने देखिएकोले अर्को सूचना नभएसम्मको लागि विमानस्थल बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि पुनः अनुरोध छ ।
विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआईदिन हुन साथै विमानस्थल खुलेको सूचना पाए पश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी मात्र विमानस्थल आउन हुन सम्पूर्ण यात्रु महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौँ ।’











प्रतिक्रिया