काठमाडौं आउनुपर्ने हिमालय एयरलाइन्सको जहाज पोखरा डाइभर्ट

651
Shares

काठमाडौं । काठमाडौं आउनुपर्ने हिमालय एयरलाइन्सको जहाज पोखरा डाइभर्ट भएको छ । ल्हासाबाट काठमाडौंका लागि उडेको हिमालय एयरलाइन्सको उडान एचआइएम ७७५ स्थानीय समय अनुसार १२:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका थियो। निर्धारित आगमन समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरोड्रोम सञ्चालन बन्द भएका कारण उक्त जहाजलाई १३:५९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फ डाइभर्ट गरिएको हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।

उक्त जहाजमा ६५ यात्रु र ७ जना चालक दलका सदस्यहरू छन् । उक्त जहाज सुरक्षित अवतरण भएको छ हिमालय एयरलाइन्सले जानकारी दिएको छ । यात्रु सुरक्षा सुनिश्चित गर्नको लागि पोखरातर्फ डाइभर्ट गर्नुपरेकोमा हिमालय एयरलाइन्स सम्बन्धित सबैलाई पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ ।