
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा तोडफोड भएको छ। प्रदर्शनकारीहरू बैंक तोडफोड गर्दैभित्र पसेका हुन् ।
प्रदर्शनकारीहरूबाट बैंक तोडफोड भए पनि क्षतिको विवरण भने जानकारी हुन सकेको छैन ।
प्रदर्शनकारीले हिजो सोमबार पनि बैंकको शाखा तोडफोड गरेको उनले बताए ।
जेनजीले आयोजना गरेको प्रदर्शन आज उग्रबन्दा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगिरहेको छ ।
तोडफोड र लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा संघीय संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि छ । जेनजीले सोमबार गरेको प्रदर्शनमा सरकारी दमनमा परि १९ जनाको ज्यान गएपछि मंगलबार बिहानैदेखि प्रदर्शन उग्र बनेको थियो ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि जेनजी मुभमेन्टले प्रदर्शनकारीलाई फिर्ता हुन आह्वान गरे पनि प्रदर्शनकारीले भने सार्वजनिक सम्पत्ति मात्रै नभएर व्यवसाय गरि देशमै रोजगारी सिर्जना गरिरहेका व्यवसायीको निजी सम्पत्तिमाथि पनि लुटपाट मचाउँदै आगजनी तोडफोड गरिरहेका छन् । प्रदर्शनकारीले आम नागरिकको बचत राखेको बैंकमा पनि लुटपाट मच्चाएका हुन् ।







प्रतिक्रिया