
काठमाडौं । प्रधानमन्त्रीबाट राजीनामा दिनासाथ केपी ओलीले बालुवाटारस्थित सरकारी निवास छाडेका छन् । नेपाली सेनाको हेलिकोप्टर चढेर ओली बालुवाटारबाट भागेका हुन् ।
बालुवाटारबाट दिउँसो २ बजे १४ मिनेट जाँदा सेनाको हेलिकोप्टरबाट महाराञ्जस्थित सेनाको भैरव गणतर्फ उडेका हुन् । ओली निस्किएपछि प्रदर्शनकारीहरुले बालुवाटार प्रवेश गरेर कब्जा गरेका छन् ।
भैरवगणबाट भैरहवा हुँदै भारततर्फ भागेको स्रोतहरुको दाबी छ । भैरहवास्थित एमालेका एक नेताका अनुसार ओली सेनाको हेलिकोप्टरबाट भैरहवा पुगेका हुन् ।
भैरहवाबाट राति भारत जाने अनुमान गरिएको छ । तर कतिपयले भने ओली महाराजगञ्जस्थित सेनाको गणमै रहेको बताएका छन् ।
भदौ २३ गते जेनजीले राजधानी लगायत देशभरका विभिन्न स्थानमा गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले अमानवीय दमन गर्दा १९ जनाको मृत्यू भएको थियो भने सयौं घाइते भएका थिए । सरकारको दमनपछि आक्रोशित जेनजी पुस्ताले मंगलबार देशैभर तोडफोड र आग्जनी गरेका छन्।








प्रतिक्रिया