प्रहरीको गोली लागेर कालिमाटीमा दुई प्रदर्शनकारीको मृत्यु

1k
Shares

काठमाडौं । काठमाडौंको कालिमाटीमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । कालिमाटी चोकमा मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

सोमबार जेनजीको प्रदर्शन हिँसात्मक भएपछि मंगलबार प्रदर्शनकारी थप आक्रोशित बनेका थिए। उनीहरुको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो त्यसक्रममा दुई जनालाई टाउकोमा गोली लागेको जनाइएको छ ।