बालेनले भने: जेनजीले नै देशको नेतृत्व गर्ने हो, वार्ता अघि संसद विघटन हुनुपर्छ

763
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जेनजीले नै देशको नेतृत्व गर्नुपर्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहले सेना प्रमुखसँग वार्ता गर्न पनि तयार रहन जेनजीलाई आग्रह गरेका छन् ।

तर वार्ताअघि संसद विघटन भएको हुनु पर्ने उनको भनाइ छ ।

यस्तो छ बालेको स्टाटस

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।