जनकपुरमा पनि कर्फ्यूको आदेश

28
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज ३ बजेदेखि भोली बिहान ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाभित्र पर्ने देहायका चार किल्ला तोकेर सो सिमाना भित्र कसैले आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी भोली बिहान ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।

उत्तर मधेश भवनको उत्तरमा पर्ने मुसहरी टोल चोक वडा नम्बर १३ को भागदेखि दक्षिण क्षेत्र, मधेश भवनको उत्तर पश्चिम क्षेत्र मुजेलिया हाई वे सडक बाबा पेट्रोलपम्प देखि दक्षिण हुँदै, पूर्व दक्षिण पश्चिम लादोको दुधमती पुलसम्म, घाँसेमैदान चरण क्षेत्रको पश्चिम, कदमचोकको पूर्व पर्ने जलाद पुलबाट पश्चिम तर्फ, हनुमान नगरको सिक्स लाइनको चोक देखि उत्तर तर्फ, र ढल्केवर(भिठ्ठामोड हाईवेको जनकपुर क्षेत्र सीमा तोकेर कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।