अनेरास्ववियु अध्यक्ष कडरियाले दिए राजीनामा

427
Shares

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।

जेनजी आन्दोलन उत्कर्षमा पुगेसँगै उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

सरकारले जेनजीहरूको प्रदर्शनलाई दबाउने प्रयास गरिरहेको उनले बताएका छन् । उनले ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन’ भएको पनि बताएका छन् ।

‘विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन,’ कडरियाले लेखेका छन् ।