
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनीधिसभा सदस्य गगन थापाको घरमा प्रदर्शकारीले आगो लगाएका छन् । काठमाडौं महानगरपालिको रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले तोडफोड गरी आगो लगाएका हुन् ।
सोमबार जेनजीले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जना युवाको मृत्यु भएपछि जनता सडकमा उत्रिएका छन् । मंगलबार देशव्यापी बनेको प्रदर्शनमा पार्टी कार्यालय, प्रहरी बिट र नेताका निजी निवास प्रदर्शनकारीको निशानमा परेका छन् ।








प्रतिक्रिया