
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुमना श्रेष्ठले पनि सांसद पदबाट राजीनामा घोषणा गरेकी छन् ।
जेनजी प्रदर्शन बढ्दै गएपछि उनले राजीनामा दिने घोषणा गरेकी हुन् । ‘सांसदको काम भनेको सरकारलाई जवाफदेहि बनाउने हो ।
तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सिमित भएको संसदमा सदस्य भएर बस्न नैतिकताले दिएको छैन ।
यसैले सांसद पदबाट राजिनामा दिदैछु,’ उनले लेखेकी छन् ।
उनले जेनजीहरूले सर्वदलिय जस्ता भ्रममा नपरि आफ्नो नेतृत्व दाबी गर्न आग्रह गरेकी छन् । यहि दलहरूसँगै बसेर देशले निकास नपाउने उनको तर्क छ ।
यसअघि, तासिमा कार्की र असिम साहले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् ।









प्रतिक्रिया