
हेटौँडा । जेनजी पुस्ताको आन्दोलन चर्किएसँगै मकवानपुर जिल्लाको हेटौँडा क्षेत्रमा आज दिउँसो १ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गर्दै तोकिएको क्षेत्रभित्र भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउसमेत निषेध गरिएको जानकारी दिएका छन्।
जारी आदेशअनुसार कर्फ्यु क्षेत्र पूर्वमा सानोपोखरा पुलदेखि पश्चिममा राप्ति पुलसम्म, उत्तरमा चौकीटोलस्थित अस्थायी प्रहरी पोष्टदेखि दक्षिणमा वन विज्ञान अध्ययन संस्थानको गेटसम्म रहनेछ।
जिल्ला प्रशासनले आदेश उल्लङ्घन गर्ने जो कोहीमाथि कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।








प्रतिक्रिया