झापा बिहानैदेखि तनावग्रस्त, बिर्तामोड र दमकमा फेरि कर्फ्यु

56
Shares

काठमाडौं । झापामा बिहानैदेखि आन्दोलन चर्किएपछि बिर्तामोड र दमकमा फेरि कर्फ्यु लगाइएको छ।

मंगलबार पनि प्रर्दशनकारीले तोडफोड र आगजनी गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले बिहान ११ः३० देखि बेलका ७ बजेसम्म पुर्वमा सशस्त्र प्रहरी क्याम्पसदेखि पश्चिममा लेखनाथ चोक र उत्तरमा चारलआलीदेिख दक्षीणमा सगरमाथा चोकसम्म निशेधित क्षेत्र घोषणा गरिएको छ ।

उक्त समयमा सो क्षेत्रभित्र प्रदर्शन, बैठक, घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
झापामा हालको अवस्था तनाबग्रस्त रहेको छ ।

पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको छ । उक्त स्थानमा प्रहरी टोली जान सकेको छैन । पूर्वपश्चिम राजमार्गमा जेनजीका युवाहरु प्रर्दशनमा उत्रिएका छन् ।