
काठमाडौं । युवाहरुको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे निजी क्षेत्र बोलेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यो क्षतिलाई ‘अन्यन्त दुःखद’ भनेको छ ।
‘मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गर्दछ,’ महासंघले भनेको छ ।
मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजस्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन महासंघले सरकार, राजनीतिक दललगायत सम्बन्धित सबैमा महासंघले आग्रह गरेको छ । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कही कतैबाट पनि सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलन र त्यसक्रममा अनावश्यक बल प्रयोग नहुने तर्पm पनि महासंघले ध्यानाकर्षण गराएको छ ।
‘सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव छ,’ महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न पनि हामी सबैले संयमित भई संवाद र सहकार्यका माध्यमबाट समृद्धि तर्पmको यात्रा तय गर्नुपर्छ ।’
महासंघले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार लगायत सम्पूर्ण सबै राजनीतिक दलहरु एवम् जेन जी पुस्तामा अपील गरेको छ । युवाहरुको चाहना अनुरुप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चिततासँगै लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासंघले सरोकारवालालाई आग्रह पनि गरेको छ ।










प्रतिक्रिया